मानव बेचबिखन प्रभावितको अधिकार सुनिश्चिततामा जोड दिँदै सकियो परामर्श कार्यशाला – Nepal Press

मानव बेचबिखन प्रभावितको अधिकार सुनिश्चिततामा जोड दिँदै सकियो परामर्श कार्यशाला

काठमाडौं । शक्ति समूहले मानव बेचबिखन प्रभावितहरुको सञ्जालका सदस्यहरुसँग मंसिर १५ र १६ गते गरी दुईदिने राष्ट्रिय स्तरमा परामर्श कार्यशाला सम्पन्न गरेको छ ।

मानव बेचबिखन प्रभावितको राष्ट्रिय सञ्जालको सदस्यहरुको राष्ट्रिय स्तरमा नेतृत्व वहन गर्ने क्षमता अभिवृद्धि, मानव बेचबिखन प्रभावितहरुको मानव अधिकार सुनिश्चतताको लागि वकालत र सञ्जालको दिगोपनाको लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यका कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालाको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापा र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव डिल्ली राम शर्माको विशेष अतिथिमा सञ्जालको संयोजक चरिमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सञ्जालको सचिव उर्मिला श्रेष्ठले सञ्जालको कार्यपत्रबाट सुरु भएको कार्यशालामा मानव बेचबिखन विरुद्धको सवालमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गरिएका कार्यहरु र आगामी योजनाको बारेमा मन्त्रालयको सहसचिव लक्ष्मी कुमारी बस्नेतले, प्रभावितहरुको न्यायमा पहुँच र प्रभावितहरुको न्यायका लागि भएका कानूनको प्रावधान विषयमा महान्यायधिवक्ता कार्यालयका लोकराज पराजुलीले बालेका थिए ।

त्यस्तै, प्रभावितहरुको मानवअधिकार संरक्षणका लागि भएका प्रावधानका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका यशोदा बन्जाडेले र बालबालिकाको बेचबिखन तथा ओसारपसार विरुद्धको सवालमा राष्ट्रिय बाल अधिकार परिषदको नमुना भुषालले प्रस्तुतिकरण गरेका थिए ।

उक्त प्रस्तुतिकरणको सवालमा सहभागीहरुको जिज्ञासा र प्रतिक्रिया माथि सहजीकरण ऋतु भट्ट राईले गरेको कार्यशालमा सहभागीहरुको स्वागत शक्ति समूहको कार्यकारी निर्देशक बालकुमारी दर्लामीले र कार्यक्रमको सञ्चालन शक्ति समूहको परियोाजना व्यवस्थापक सरला तामाङले गरेका थिए । कार्यशालाको अन्तिममा सञ्जालको एक वर्षको कार्ययोजना तयार गरी कार्यान्वयनको लागि आवश्यक सहयोगका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पेश गरिने निष्कर्ष निकालिएको छ ।

परामर्श कार्याशाला जे.भि.आ.इ.को आर्थिक सहयोगमा जे.सि.वाइ.सि.एन.को साझेदारीमा शक्ति समूहले आयोजना गरी ३२ जनाको सहभागीतामा होटल नोर्लिङ, जोरपाटी, काठमाडौंमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *