सी जिनपिङलाई चिढ्याउने जापनिज कार्टुन क्यारेक्टर, जापानको मौन समर्थन ! – Nepal Press

सी जिनपिङलाई चिढ्याउने जापनिज कार्टुन क्यारेक्टर, जापानको मौन समर्थन !

काठमाडौं । विश्वकै शक्तिशाली नेताहरू मध्येका एक चिनियाँ राष्ट्रपति सी जिनपिङ सामान्य एक कार्टुन क्यारेक्टर देखी चिढिन्छन भन्ने कुरा धेरैलाई असामान्य लाग्न सक्छ । यद्यपि एक ‘वीनी त पु वियर’ नामक कार्टुन क्यारेक्टरलाई सी सँग दाँज्न थालेपछि उक्त क्यारेक्टरलाई चीन सरकारले प्रतिबन्ध नै लगाएको थियो ।

उक्त क्यारेक्टर माथि प्रतिबन्ध लगाइएको चार वर्ष भन्दा बढी भइसकेको छ । तर चीनको शून्य कोभिड पोलिसिको विरोधमा भइरहेको प्रदर्शनमा जापानले सोही क्यारेक्टर अंकित विभिन्न सामानहरूको निर्माण गरी प्रदर्शनलाई मौन समर्थन जनाइरहेको भनेर टिप्पणी हुन थालेको छ ।

सन् २०१३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र सी जिनपिङको भेटवार्ता पछि सार्वजनिक भएको तस्बिरलाई पु वियर र सी जिनपिङलाई दाँज्दै धेरै मिमहरू सेयर हुन थालेको थियो ।

अत्यधिक मात्रामा मिम बन्न थालेपछि चीन सरकारले उक्त क्यारेक्टरमाथि प्रतिबन्ध लगाएको थियो। हाल डिज्नीले पु वियरको तस्बिरसहित टी—शर्ट, झोला, ज्याकेट र मगहरू निर्माण गर्दै जापानमा अनलाइन बिक्री वितरण भइरहेको छ ।

यो सबै सामान डिज्नीको मडे कार्यक्रम अन्तर्गत बनाइएको हो । चीनमा प्रदर्शन जारी रहेको समयमा डिज्नीले यस किसिमका सामानलाई व्यापकता दिनुले सांकेतिक रूपमा चीनमा जारी प्रदर्शनलाई समर्थन जनाउनु हो भनेर टिप्पणी हुन थालेको हो । जिज्नीले भने यो विषयमा आफ्नो कुनै अधिकाधिक धारणा सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर