दक्षिण कोरियासँग भिडनुअघि नेमार प्रशिक्षणमा फर्किए, गाब्रियल जिसस विश्वकपबाट बाहिर – Nepal Press

दक्षिण कोरियासँग भिडनुअघि नेमार प्रशिक्षणमा फर्किए, गाब्रियल जिसस विश्वकपबाट बाहिर

दोहा। कतारमा जारी विश्वकपमा चोटका कारण समूहगत चरणका अन्तिम दुई खेल गुमाएका नेमार  प्रिक्वाटरफाइनलमा सोमबार दक्षिण कोरियासँग भिडनुअघि प्रशिक्षणमा फर्किएका छन्। नेमारले पहिलो खेलमा सर्बियासँग खेलेपछि बाँकी खेलमा मैदान उत्रन सकेका थिएनन्।

डिफेन्डर एलेक्स टेल्लास र स्ट्राइकर गाब्रियल  जिसस चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। प्रतियोगितामा सुरुका दुई खेल लगातार जितेर प्रिक्वाटरफाइनलमा स्थान बनाएको ब्राजिलले अन्तिम खेलमा क्यामरुनसँग हार ब्यहोरेको थियो। क्यामरुनसँगको खेलमा टेल्लास र जिसस घाइते भएका थिए।

दायाँ गोलिगाँठोको लिगामेन्टमा समस्या आएपछि नेमार समस्यामा देखिएका थिए। नेमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल  गर्ने पेलेको कीर्तिमान बराबरी गर्नबाट दुई गाेलले मात्र पछाडि छन्। ‘मैले अहिले राम्रो महसुस गरिरहेको छु’, नेमारले भनेका छन्, ‘ मलाई अब के गर्नुपर्छ भन्ने थाहा छ।’

नेमारले दक्षिण कोरियाविरुद्ध खेल्ने वा नखेल्नेबारे केही बताइएको छैन। यद्यपी प्रशिक्षणका क्रममा नेमार सहज देखिएका थिए। पाँचपटकको विजेता ब्राजिलले सन् २००२ मा यो प्रतियोगिता जित्न सकेको छैन। नेमारका लागि विश्वकप जित्ने सम्भवत यो अन्तिम अवसर हुने छ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर