दोलखामा उछिनपाछिन- माओवादीका कार्कीलाई पछि पार्दै फेरि अघि लागे शिवाकाेटी – Nepal Press

दोलखामा उछिनपाछिन- माओवादीका कार्कीलाई पछि पार्दै फेरि अघि लागे शिवाकाेटी

काठमाडौं । दोलखामा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीको गंगा कार्कीकाे अग्रता तोड्दै पुन: एमालेका बालकृष्ण शिवाकोटी अघि बढेका छन् ।

माओवादी केन्द्रका गंगा कार्कीलाई पछि पार्दै शिवाकोटी थोरै मतले अघि लागेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका छन् ।

एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर अहिले ३० छ।

अब विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा,) मेलुङ गाउँपालिका १ (पवटी), गणना हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर