गोकुल बास्कोटाको प्रश्न : पटकपटक कसले र किन ममाथि हमला गर्छ ? – Nepal Press

गोकुल बास्कोटाको प्रश्न : पटकपटक कसले र किन ममाथि हमला गर्छ ?

काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सांसद गोकुल बास्कोटाले आफूमाथि हमलाको छानबिन गर्ने सरकारको काम भएको बताएका छन् ।

आज बिहान आफ्नो घरको परिसरमा शंकास्पद वस्तु भेटिएको विषयलाई बास्कोटाले आफूमाथि पटकपटक कसले र किन हमला गर्छ भनि प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मान्छेलाई मार्न सकिन्छ तर उसको विचार र उसलाई कहिल्यै हराउन सकिन्न ।’ बास्कोटाको आफूमाथि भएको लक्षित गतिविधिबारे अचम्मित भएको उल्लेख गरेका छन् । यसको छानबिन गर्ने कार्य सरकारको भएको पनि उनले बताएका छन् । ‘पटक पटक कसले र किन ममाथि हमला गर्छ ?’, उनी लेख्छन्, ‘म अचम्मित छु । सत्य तथ्य पत्ता लगाउने काम सरकारको हो ।’

आज बिहान बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *