डोल्पाबाट हराइएका मूर्तिहरुबारे लेखिएको पुस्तक बिमोचन – Nepal Press

डोल्पाबाट हराइएका मूर्तिहरुबारे लेखिएको पुस्तक बिमोचन

काठमाडौं । डोल्पाबाट हराइएका मूर्तिहरुको बारेमा लेखिएको पुस्तक बिमोचन गरिएको छ ।

शनिबार काठमाडौंमा एमिलिन स्मीथद्वारा लेखिएको पेमा र डोल्पाबाट चोरिएको मूर्ति शिर्षकको पुस्तक डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले बिमोचन गरेका हुन् । डोल्पाबाट हराएका र चोरी हुन सक्ने मूर्र्तिहरुको बारेमा सचेतना जगाउने उदेश्यले पुस्तक प्रकाशन गरिएको हो ।

पेमालाई पात्र बनाएर लेखिएको उक्त पुस्तक डोल्पाका बिद्यालयका बिद्यार्थीहरुलाई बितरण गरिने गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले जानकारी दिए । डोल्पामा अहिले स्थानीयहरु एकजुट भएर संस्कृति र प्राकृतिक धरोहरुहरुको जगेर्ना गर्न लागिपरेको उनको भनाइ छ ।

सो अवसरमा डोल्पाली धर्म संस्कृति झल्कने चित्रकला प्रदर्शनी पनि गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *