खराब ब्याटिङपछि नेपाल १३७ रनमा अलआउट – Nepal Press

खराब ब्याटिङपछि नेपाल १३७ रनमा अलआउट

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय श्रृङखलाको दोस्रो खेलमा खराब ब्याटिङले निरन्तरता पाउँदा नेपालले स्कटल्यान्डलाई १ सय ३८ रनको लक्ष्य दिएको छ ।

युनाइटेड क्रिकेट क्लब मैदान, विनडकमा टस हारेर ब्याटिङ थालेको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ३७ रनको योगफल तयार पार्यो ।

नेपालको ब्याटिङमा सबैभन्दा धेरै गुलसा झाले २९ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए ।
ओपनर अर्जुन साउद १८ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १७ रन, आरिफ शेख १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डको बलिङमा क्रिस सोलेले सर्वाधिक ३ विकेट लिए । उनले ७ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिए । मार्क वाट ले दुई विकेट लिए भने,ब्रानडन मुलेन, सफयान सर्फी र मिचेल लिएस्कले समान एक विकेट लिए ।

शृङखलाको पहिलो खेल वर्षाका कारण नतिजाविहिन बनेपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर