सकिब अल हसनको घातक बलिङमा भारतको ब्याटिङ ‘ध्वस्त’


नयाँ दिल्ली। भारतसँगको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा बंगलादेशले शानदार बलिङ गरेको छ।
टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको भारतले ३६ ओभरमा ८ विकेट गुमाएर एक सय ५९ रन जोडेको छ। बंगलादेशका भेट्रान अलराउन्डर सकिब अल हसन एक्लैले ५ विकेट लिए। एबाटन होसेनले २ र मेहदी हसन मिराजले एक विकेट लिए।
भारतले चार रनका लागि पछिल्ला चार विकेट गुमाएको थियो। भारतका केएल राहुल ५६ रनमा खेल्दैछन्। रोहित शर्माले २७, श्रेयस अयरले २४ र वासिङ्टन सुन्दरले १९ रन बनाए।
शिखर धवन ७ र विराट कोहली ९ रनमा आउट भए। एक सय ५२ रन जोड्दा चार विकेट गुमाएको भारत सकिबले सुन्दरलाई पाचौँ विकेटका रुपमा आउट गरेपछि संकटमा पर्न थालेको थियो।