रोप्ने म छोप्ने तँ ? – Nepal Press
राजनीतिक व्यंग्यकथा

रोप्ने म छोप्ने तँ ?

करिब ३० को दशक हुनुपर्छ, यो व्यवस्था रहिरहे हामी सधैं रुनुपर्छ भन्दा पूरा निरक्षर गाउँ नै यो केटाले कि केही गर्छ, कि अन्यास व्यवस्थाबाट नै मर्छ भनी सुस्तरी बोल्थे ।

खासै ज्ञान थिएन- किनकि साँझ-बिहान बाँच्नको लागि आफ्नै खेतबारी खोतल्थे । जोअघि आयो, त्यसकै पक्षमा बोल्नु, २-४ रुपैयाँ तथा अन्नका लागि साहुको पाउ मोल्नु बाध्यता रहेको त्यो पलमा ! उनीहरु उसको कुराले मच्चिएको पलमा, त्यही केटाको बलमा, केही कुरा बोल्न खोज्दा खुरापात साहुको कलामा परेर गलामा काइते तमसुक भिडाइएका साहुसँग नै नतमस्तक हुनै पर्थ्यो ! किनकि बिहेवारी, उपचार सबैमा त्यही साहुमार्फत नै गर्जो टर्थ्यो ।

कहिल्यै नसकिने त्यो तमसुकको ऋणले नूनचुकको काम गर्ने, हजारको ऋण तिर्दातिर्दै तीन पुस्ता मर्ने, तैपनि साहुले थप रकम अझ थोपर्ने, अब त सकियो भन्दा अनुहार नै बिगार्ने गरी लोपर्ने, भएपछि घरमा आएर सुस्तरी भन्थे- भाग्यले ठगेको हामी कसले नै पो के गर्थ्यो ? न्याय भए मुलुकमा फलानोको छोरा उपचार नै नभई मर्थ्यो ? गरिबीले थिचिएको पलमा कसैले केही गर्छौं भन्दा वेग्लै बल हुने रहेछ । गर्छु भन्नेले केही नगर्दा मन अति रुने रहेछ । व्यथा कम नभए पनि समय त आफ्नै गतिले बह्यो । उपाय नै केही थिएन । सबै पीडा असह्य वेदनाले थिचेर सह्यो । हिजो आँखा भिज्यो आज पूरा शरीर । एउटा सकियो, सुरु भयो नयाँ पीर । तैपनि हाँस्न सक्ने साँच्चै नै हुन् यी वीर ।

सायद समय ४० को दशकको मध्य-अन्यतिर आउँदा मानिसले त्यो केटाको कुरा मज्जाले सुन्न थाले ! अब आफ्नो कायाँपलट हुने सपना बुन्न थाले ! एकपटक हैन बारम्बार उसैलाई चुन्न थाले ! फेरि फेरि उही नै रोजे, चाहे किन रोजीरोटीको लागि छिमेकमा बस्नु नपरोस् पाले । ऊ गाउँमा फर्कंदा पूरै गाउँलाई लाग्थ्यो- ठूलै आत्मबल बढेको किनकि ऊ थियो प्रजातन्त्रको लागि लडेको । झन् विदेशमा पढेको । सबै भन्थे उसको हर नजर केवल हाम्रो हितमा हो बढेको ! त्यसैले त ३ दशकसम्म केवल उसको हो मा हो मिलाए । केही गर्छ कि भन्ने सयौं धर्तीबाट नै बिलाए । तैपनि धेरै मानिस बिहान-बेलुका के खाने, कसरी गर्जो टार्ने भन्दा उसलाई कसरी विजेतामा पार्नेमा सोचमग्न हुन्थे । उसको बारेमा नराम्रो खबर आउँदा आफ्नैलाई परेको सम्झी रुन्थे ।

यही मौकाको फाइदा लिए ८० वर्षीय आक्रामक वृद्ध बाले । अझ पनि म नै सर्वथोक हुँ के हुन्छ डाहाले ? के म पाँचपटकको प्रधान भएको हो अरुको मायाले ? भन्दै बा बोल्दैछन् । अब फेरि नयाँ ६-७ को कार्ड ज्योतिषीमार्फत खोल्दैछन् ।

उसले हार्दा आफ्नो शीर झुकेको, उसको जयभित्र नै आफनो भाग्य लुकेको । अरुले त गरिबीमा रहेकोलाई थुकेको । हेर प्रजातन्त्रको लागि लड्दा छ कहिले झुकेको ? यस्तै सयाैं प्रश्नसाथ उसका निम्ति भोट माग्थे । विरोधमा बोल्ने विरुद्धमा जाइलाग्थे । महाकालीमा पानीमात्र बगेन सीमापारिबाट भारी मात्रामा विस्फोट हुँदा, सम्पत्ति बेचेर सारीको पछि लाग्ने दम्पती झैं अविचलित रुपमा उनैको पक्षमा ओइरिए । जिन्दगी यस्तै हो भनी चुनावी पलमा हाँसे, खाए, अनि पिए । मानिस बिते तर परवाह भएन । मर्ने मरिगो भन्ने सोचे कि क्या हो, कसैको ध्यान नै गएन । त्यसैले त फेरि उनैले जिते ।

यही मौकाको फाइदा लिए ८० वर्षीय आक्रामक वृद्ध बाले । अझ पनि म नै सर्वथोक हुँ के हुन्छ डाहाले ? के म पाँचपटकको प्रधान भएको हो अरुको मायाले ? भन्दै बा बोल्दैछन् । अब फेरि नयाँ ६-७ को कार्ड ज्योतिषीमार्फत खोल्दैछन् । समय न हो, उसले झैं सुस्तरी केही नै नगरी बित्यो, जसलाई यसले केही गर्छ भन्ने लाग्यो यही विश्वासमा बारम्बार जित्यो । न उनै पढेको स्कुल पक्की भयो न त मत हाल्नेको जीवनस्तर उच्च रह्यो । अब त उसको प्राकृतिक उमेर नै पुग्यो । र्‍याल चुहाउँदै बोल्दा उनका स्यालहरु के सही र के गलतसमेत नदेखाई केवल उनलाई उचाल्छन् ! बुढा सगौरव भन्छन्- आर्यघाट नपुगुञ्जेल प्रमुख हुने हो मेरो मन ।

आजकाल बा चाहिँ गाउँका ५ थान भुरा जम्मा पारी उनीहरुलाई भन्न आफ्ना कुरा आँखा उघारी जोड्दै छन् रे- संख्याको थान ! केवल २३ हुँदा त १३८ पुर्‍याउने आफ्नो सज्ञान । सुत्केरी भत्तादेखि मन्त्रीय-सत्ता, घुम्न पुर्‍याउने हो बैंकक हुँदै पालैपालो खाओ पहिलेझैं वैदेशिक भत्ता । अनि यस्तो मानिस छाडेर ध्यान कता ? भन्दै अरुले पूरा कुराको अर्थ नबुझे पनि थप घान हालेर, ५ भाइ पालेर बसेका छन् । ५ जना नै खुशी ! वाह् यस्तो पो हुनुपर्छ- मन ! भेट्नु भएको छ महाशय यीभन्दा अरु कोही सज्जन ? त्यसैले त यी आफ्नो तानको पासा फालेर शानसाथ टारतिर र्‍याल चुहाउँदै बस्छन् ! ५ भाइ यिनको अघि घुँडा धस्छन् । सायद अहो भाग्य भन्दै यीनको दर्शनार्थ टारमा पस्छन् । विदेशी आयातित मदिराबाट जब यी लठ्ठ हुन्छन्, मेरो केही भएन भनी रुन्छन् । तब यी वृद्ध उनका सबै माग पूरा गर्छन् । त्यसैले ती यी त्वं शरणमा पर्छन् । गदगद हुँदै भक्तिभाव देखाउँदै झर्छन् । भन्न त कोही-कोही यो पनि भन्छन् । यी ५ मानिस हुन् र त्यसैले त वस्तु झैं चर्छन् ।

आज तिनकै छोरा भन्न थाले ! हैन त्यस्तो के गरे हाम्रा घरमुली बाले ? भन्दै छततिर उक्लिए ! पहिले पो छोरा एक्लै, अहिले त हो भन्दै अरु छोराले समेत साथ दिए । उनकै हो गनगने छोरा बामाथि धावा बोल्छ !

तर, आज तिनकै छोरा भन्न थाले ! हैन त्यस्तो के गरे हाम्रा घरमुली बाले ? भन्दै छततिर उक्लिए ! पहिले पो छोरा एक्लै, अहिले त हो भन्दै अरु छोराले समेत साथ दिए । उनकै हो गनगने छोरा बामाथि धावा बोल्छ ! यो भएन, त्यो भएन आदि इत्यादिको झुण्ड लाएर बाको विगत खोल्छ । मानिस भन्न लागे यसको छोरा अति छट्टु, अघिपछि लगाउँछ पठ्ठु । ऐतिहासिक भन्दै तीन दशक यिनै बाउ-छोराले बेचे पुराना कट्टु । भएका कलकारखाना बेचे तैपनि किन भएनन् जनता हत्तु ?

गनगने छोरा भने बासँग वंश भएपछि अंश लिन्छु भनी कताकता टाप कस्छन् । साँझ बिहान फेरि एकाकार भई बस्छन् । जब छोरो बामाथि घरको चावी लिने गरी हावी हुन्छ, छोराको जब बा बसेकै कुर्सीमा दाबी हुन्छ, अनि बुढा बा भन्छन रे- अस्ति त ५ भाइसँग नमिलूँ भन्थिस्, मलाई नालायकमा गन्थिस् । अहिले रोप्ने म छोप्ने तँ ? कुरा मिल्छ केटा लु भन हँ ? कहिले सिसी पास भएर सेना आए थानकोट पार भई कपाल मुण्डन गर्छु भन्छ ! कैले अति गरे बाले सिध्याए घर प्रमुख नभई अब किन झर्छु भन्छ ! जे भए पनि यी पनि बा जस्तै जनतालाई बेवकूफ हुन् भन्नेमा गन्छन् ।

एकपटक गाउँतिर छिरेर छोरोले स्वास्थ्यको माउ हुँदा मैले बाउले छोरालाई माया गर्ने झैं तपाईंहरुको लागि गरेको छु बीमा, तपाईंहरुको निम्ति जे गर्न पनि छैन कुनै सीमा भन्दै भन्दै के बोलेका थिए । पोखरातिरका त्यो काम सुरु गर्ने वास्तविक अधिकारी बागराजसम्म कुरा पुग्दा बागराज नागराजको रुपमा प्रस्तुत भएपछि हैन दाजु, सुरु त पक्कै तपाईंले नै गरेको, मैले के नै तेस्तो भनेँ र ? यसो केवल बारम्बार चर्चामा रहिरहन एउटा पर्चामात्र भरेको, घरको चुनाव जित्न बस फण्डा हो त्यसमा सरेको, बस यति हो चुनावको लागि मात्र छरेको । दाजु त ठूला मान्छे, यस्तो सानो कुरामा के परेको ? भनेपछि ती सोझा बागराज त्यस्तो गनगने केटोसँग के भिड्नु भन्दै पोखरातिर हिँडनुभएको थियो रे !

खै कस्ता छिमेकी हुन् आफ्नो सामान बजारमा नबेची किन बाको ठेकीमा भर्न थाले ? के समस्या छिमेकीमा छ तिनको योग्यता नै केवल हो पाले ? खै कुन चाहिँ सुरुङको जन्मदाता हुँ भन्थ्यो । अर्को भन्थ्यो- मेरै मातहतमा थियो १५ वर्ष झालेमाले !

कति चलाख गनगने छोरा बसपार्कसम्म बागराजलाई लिएर आफैं गयो रे ! यता बाले आफूबाहेक ५ भाइलाई आफनो ठेकीमा दूध राख्न लाएर ढोेका बन्द गरेर घिउ निकाले । त्यो शुद्ध सबै घिउ आफ्नो पोल्टामा हाले ! रिसाउँछन् कि भनेर एक-दुई थोपा छिमेकीको भागमा पनि फाले ! खै कस्ता छिमेकी हुन् आफ्नो सामान बजारमा नबेची किन बाको ठेकीमा भर्न थाले ? के समस्या छिमेकीमा छ तिनको योग्यता नै केवल हो पाले ? खै कुन चाहिँ सुरुङको जन्मदाता हुँ भन्थ्यो । अर्को भन्थ्यो- मेरै मातहतमा थियो १५ वर्ष झालेमाले !

अब तपाईं नै भन्नुस्, ५ जनाको दूध झ्याप्प पार्ने बालाई ल अझ खा भनेर दिने कि ? कि मौका यही हो भनेर आफ्नो भागको घिउ बेग्लै लिने कि ? कि गनगने छोरा जस्तो ..सीसी आएपछि बोराका बोरा विकासको फोहरा आउँछ भनी उसकै पछि लाग्ने ? अब पनि चेत नखुले हे सगोत्री हो विचार छ बाध्यतामा देश छाडेर खाडीतिर भाग्ने ?


प्रतिक्रिया

One thought on “रोप्ने म छोप्ने तँ ?

  1. समसामयीक कथामा आधारित लेख राम्रो छ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *