एनआईसी एशियाको मोबाइल बैकिङ प्रयोगकर्ताले सिनेमा हलबाटै विश्वकपको फाइनल खेल हेर्न पाउने – Nepal Press

एनआईसी एशियाको मोबाइल बैकिङ प्रयोगकर्ताले सिनेमा हलबाटै विश्वकपको फाइनल खेल हेर्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले ‘विश्वकप २०२२’ फाइनल खेल सिनेमा हलबाट हेर्न पाउने भएका छन् ।
बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलको बिजेता अनुमान गर्ने ग्राहक मध्यबाट प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सय देखि २ हजार रुपैयाँ सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, बैंकले भाग्यशाली ३ सय जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको एनआइसी एसियाको मोबाइल एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी विवरणहरू समावेश गरेको छ । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

एनआइसीले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व सरकारलाई बुझाएको छ । गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर