समयमा प्रसूति सेवा नपाउँदा महिला जनप्रतिनिधिको मृत्यु – Nepal Press

समयमा प्रसूति सेवा नपाउँदा महिला जनप्रतिनिधिको मृत्यु

रुपन्देही । समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एक जनप्रतिनिधिले ज्यान गुमाउनुपरेको छ । विजयनगर गाउँपालिका- ३ की वडा सदस्य माधुरी लोहारको मृत्यु भएको हो ।

२८ वर्षीया माधुरी दलित वडासदस्यमा निर्वाचित भएकी थिइन् । प्रसूति व्यथाले च्यापे पनि नजिकै सुत्केरी गराउन नसक्दा उपचारको अभावमा उनको मृत्यु भएको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताएका छन् ।

‘उहाँको गाउँमा, क्षेत्रमा प्रसूति गराउने अस्पताल नै छैनन्, व्यथाले च्यापेपछि बुटवलमा पुर्‍याउन समय लागेकाले यस्तो घटना भएको हो, समयमा लैजान सकेको भए यस्तो हुने थिएन’, उनले भने ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले भने गाउँपालिकामा बर्थिङ सेन्टर भएपनि माधुरीको स्वास्थ्य जटिल बनेपछि स्वास्थ्यकर्मीको सल्लाहमा बुटवल पठाइएको तर बच्चा र आमा दुवैको मृत्यु भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर