गोकुल बाँस्कोटाको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोजको तयारी (तस्बिरहरु) – Nepal Press

गोकुल बाँस्कोटाको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोजको तयारी (तस्बिरहरु)

काठमाडौं । एमालेका नेता तथा काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली आइपुगेको छ ।

प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको हो । शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिएको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला थियो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर