पेलेले भने- म ठीक छु सकारात्मक रहनुहोस् – Nepal Press

पेलेले भने- म ठीक छु सकारात्मक रहनुहोस्

काठमाडौं । ब्राजिली महान फुटबलर पेलेले सकारात्मक रहन अनुरोध गरेका छन् ।

तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको खबर ब्राजिलका संचारमाध्यममा आएपछि उनले आफू बलियो रहेको र सबैलाई सकारात्मक रहन आग्रह गरेका हुन् ।

पेलेले इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु । तपाईहरुको आर्शिवादले अझ उर्जा मिलेको छ । ’

उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको बताएका छन् । उनी केही समयदेखि अस्वस्थ  छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर