एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका – Nepal Press

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका

काठमाडौं । एमालेका नेता तथा काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला हो । घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्ताे वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिए ।

तस्बिरहरु: उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *