बाजुरा अपडेट: प्रतिनिधिसभामा कांग्रेसको अग्रता कायमै, प्रदेशमा जित सुनिश्चित – Nepal Press

बाजुरा अपडेट: प्रतिनिधिसभामा कांग्रेसको अग्रता कायमै, प्रदेशमा जित सुनिश्चित

कैलाली । बाजुरामा मत गणना जारी छ । अहिलेसम्म सत्ता गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा अग्रता बनाइरहेका छन् ।प्रतिनिधिसभामा कांग्रेसका बद्री पाण्डे हालसम्म ३ हजार ७७८ मतले अघि छन् ।

पाण्डेले २६हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् । प्रदेशसभा १ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भइसकेको छ । गणना हुन बाँकी मत भन्दा बढीले कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाला बहादुर थापालाई पछि पारेका छन् ।

शाहीले १९०३७ मत पाउँदा थापाको १६१४५ मत छ । यी दुई बीचको मतान्तर २हजार ८९२ छ । यहाँ अब गणना हुन बाँकी मत २ हजार ८४२ मत मात्रै छ ।

यस अघि हिजो आएको अन्तिम परिणाम पनि प्रदेश २ मा सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । यहाँ एमाले उम्मेदवार बलदेव रेग्मीलाई हराउँदै नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर