विश्वकपः अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा – Nepal Press

विश्वकपः अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडौं । अमेरिकालाई ३–१ गोलको नतिजामा पराजित गर्दै नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल पुग्ने गरेको छ ।

अन्तिम १६ अन्तर्गत खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जल डम्फ्रिजले एक-एक गोल गरे । जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपमा क्वार्टरफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

खेलको १०औं मिनेटमा डिपाएले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्लिन्डले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा पनि अमेरिकामाथि दबाब कायम राखेको थियो ।
अमेरिकाका हाजी राइटले ७६औं मिनेटमा गोल गर्दै स्कोरलाइन २-१ मा छोट्याएका थिए ।

 

अमेरिकाविरुद्ध सुरुआती दुई गोलका लागि असिस्ट दिएका डम्फ्रिजले ८१औं मिनेटमा आफैं गोल गर्दै नेदरल्यान्ड्का लागि जित ३–१ को जित सुनिश्चित गरे ।

सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदररल्यान्ड्स रुसमा भएको २०१८ को विश्वकपमा छनोट हुन सकेको थिएन ।

सन् २००२ मा क्वार्टरफाइनल सम्म पुगेको अमेरिकाले त्यसबाहेक कुनैपनि विश्वकपमा प्रि–क्वार्टरफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन।

नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा दोस्रो अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेता सँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *