देउवा नेतृत्वको सरकार गठनमा पूर्णबहादुर खड्काको दौडाहा, प्रचण्डपछि भेटे माधव नेपाल – Nepal Press

देउवा नेतृत्वको सरकार गठनमा पूर्णबहादुर खड्काको दौडाहा, प्रचण्डपछि भेटे माधव नेपाल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शेरबहादुर देउवाकै नेतृत्वमा गठबन्धन सरकार गठनका लागि सक्रियता बढाएका छन् ।

सुर्खेतबाट फर्किए लगत्तै सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका खड्काले शनिवार कोटेश्वर स्थित निवासमै गएर नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन् ।

भेटमा दुवैले एकअर्कालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

उपसभापति खड्काको सचिवालयका अनुसार उनीहरूले निर्वाचनको समीक्षा गर्दै नयाँ सरकारमा सत्ता गठबन्धनको निरन्तरताका विषयमा पनि छलफल गरेका छन् ।

सत्ता गठबन्धनमा अन्य दलहरूलाई पनि सहभागी गराउन पहल गर्ने विषयमा पनि सकारात्मक छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर