माओवादीको निर्णय – सरकार गठनमा सबै विकल्प खुला, एमालेसँग पनि हुन सक्ने – Nepal Press

माओवादीको निर्णय – सरकार गठनमा सबै विकल्प खुला, एमालेसँग पनि हुन सक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए ।
उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।
बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।
बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।
राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे ।

प्रतिक्रिया

One thought on “माओवादीको निर्णय – सरकार गठनमा सबै विकल्प खुला, एमालेसँग पनि हुन सक्ने

  1. अस्तिसम्म गठबन्धनको नाममा भोट मागिरहेको माओवादीले अहिले वेईमान कुरा गर्न शुरू गरिसक्यो। यस्ता अनैतिक, वेईमानसँग किन पटक पटक काँग्रेस एमाले गठबन्धन गर्छन ? अब यो देशमा अस्थिरता शुरू भयो । माओवादीको यो निर्णयले अस्थिरताको विजारोपण गरिसक्यो । ५२ सालदेखि भारतले नेपालमा अस्थिरता जन्माउन नै यो पार्टी बनाईदिएको हो । यसले ओैकात देखाउन थाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर