मधेसका मिडिया काउन्सिल अध्यक्ष भट्टराईको निधन – Nepal Press

मधेसका मिडिया काउन्सिल अध्यक्ष भट्टराईको निधन

जनकपुरधाम । मधेस प्रदेशका मिडिया काउन्सिल अध्यक्ष शिवहरी भट्टराईको निधन भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा सहभागी हुन गएका उनको पथ्थरकोटस्थित एक होटलमा भट्टराईको मृत्यु भएको हो ।

राजविराज घर भएका भट्टराई पत्रकार महासंघका पूर्व अध्यक्ष तथा केन्द्रीय समितिका उपाध्यक्ष हुन् । उनी होटलमा राति सुतेको र विहान मृत्यू भएको अबस्थामा भेटिएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले जानकारी दिए ।

‘भट्टराईको परिवारसंग सम्पर्क गर्ने प्रयासमा छौं,’ उनले भने, ‘शव पोस्टमार्टम पश्चात कहां दाहसंस्कार गर्ने कुरा परिवारसँग सल्लाहपछि मात्रै टुंगो लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर