तस्बिरमा हेर्नुस् पल शाहलाई न्याय माग्दै फ्यान क्लबको रक्तदान – Nepal Press

तस्बिरमा हेर्नुस् पल शाहलाई न्याय माग्दै फ्यान क्लबको रक्तदान

काठमाडौं । नेपाली चलचित्रका अभिनेता पल शाहलाई न्याय माग्दै रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

नाबालिग बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जेल चलान भएका अभिनेता शाहको पक्षमा न्याय माग्दै फ्यान क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

पल शाहका फ्यानहरु रक्तदान गर्न आज बिहान बसन्तपुर पुगेका थिए । सोही अभियानमा सहभागी हुन नेपाली चलचित्र क्षेत्रका निर्देशक सन्तोष सेन पनि पुगेका छन् ।

उनले पनि उक्त अभियानमा समर्थन जनाउँदै रक्तदान गरेका हुन् । त्यस्तै रक्तदान अभियानमा सहभागी हुन म्युजिक भिडियो निर्देशक निर्माता लगायत आउने क्रम जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर