कांग्रेस नेता चन्द्र भण्डारी भन्छन्ः तीन दशकदेखिको नेतृत्व नफेरेसम्म देशको विकास सम्भव छैन – Nepal Press

कांग्रेस नेता चन्द्र भण्डारी भन्छन्ः तीन दशकदेखिको नेतृत्व नफेरेसम्म देशको विकास सम्भव छैन

रूपन्देही । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अहिलेसम्म नेतृत्वमा रहेकाहरूबाट मुलुकका समस्या समाधान नहुने बताएका छन् । शनिबार बुटवलमा प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका हुन् ।

‘३० वर्षदेखि नेतृत्व गरेकाहरूबाट मुलुकले निकास पाउदैन, अब नयाँ नेतृत्व नयाँले पाउनुपर्छ, हामीले त्यो घोषणा गरेर चुनावमा गएका हौं अब कार्यान्वयनको लागि पहल गर्छौं,’ उनले भने ।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले अब सबै पार्टीबाट नयाँ क्षमतावानले अवसर पाएर नै देशको विकास गर्ने बताए । अहिलेको नेतृत्वबाट चुनौतीको समाधान गर्न नसक्ने प्रष्ट भएको बताउँदै नेता भण्डारीले आफ्नो विचार समूहबाट नयाँ जोसका साथ निर्वाचित भएको बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने र त्यो उसको उमेरले नभई क्षमतामा निर्भर हुने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धनभित्र बसेर सहमति उनको भनाइ थियो ।

पार्टीभित्र र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै पुग्ने बताउँदै अब व्यक्तिको भन्दा विधिको कार्यान्वयन गर्नका लागि लाग्ने भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर