नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन, दुवैले अंक बाँडे – Nepal Press

नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन, दुवैले अंक बाँडे

काठमाडौं । वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल नतिजाबिहीन भएको छ । खेल नतिजाविहीन भएसँगै दुवै टोलीले अंक बाँडेका छन्

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशिय शृङखला अन्तरगत नेपालले पहिलो ब्याटिङ गर्दै १९८ रनको लक्ष्य दिएको थियो ।

ओपनर अर्जुन साउद १८ रन र आसिफ शेख २० रनमा आउट भएको अवस्थामा तेस्रो नम्बरमा क्रिजमा आएका ज्ञानेन्द्र मल्ले नेपालका लागि सर्वाधिक ७५ रन बनाएका थिए ।

ज्ञानेन्द्र नेपालबाट एकदिवसीय क्रिकेटमा ६ अर्धसतक बनाउने पहिलो खेलाडी बनका छन् ।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ४ बल खेलेपछि खेल रोकिएको थियो ।

नामिबियामा नेपालले चार खेलको शृङखला खेल्नेछ । दोस्रो खेल नेपालले आईतबार स्कटल्यान्डस्सँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर