माओवादी नेता पुन चीन प्रस्थान – Nepal Press

माओवादी नेता पुन चीन प्रस्थान

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलो अप उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

लामो समयदेखि वंशाणुगत जन्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलो अप उपचारका लागि साँझ साढे ७ बजे फ्लाई दुबईको उडानबाट चीन गएका हुन् । उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ ।

चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल—चीन सिधा हवाई उडान नहुँदा पुन दुबई, ग्वान्झाओ हुँदै चीनको सेन्जेन जानेछन् । पुनका साथ उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती पनि चीन गएकी छन् ।

नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर