चितवनका ३ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत सबैभन्दा बढी (मतसहित) – Nepal Press

चितवनका ३ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत सबैभन्दा बढी (मतसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ चितवनका ३ वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ दुई वटा निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरे पनि समानुपातिकतर्फ भने ३ वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले निर्वाचन चितेको निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपा भन्दा रास्वपाले ११ हजार भन्दा बढी मत प्राप्त गरेको छ । उक्त निर्वाचन क्षेत्रमा रास्वपाले २८ हजार ४०२ मत प्राप्त गर्दा राप्रपाले १६ हजार ७५५ मत मात्रै प्राप्त गरेको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) लवे १६ हजार ९० मत प्राप्त गर्दा नेकपा (एमाले) ले १४ हजार ५२२ र नेपाली काँग्रेसले १० हजार ५२४ मत मात्रै प्राप्त गरेको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले भने १ हजार ८५ मत मात्रै प्राप्त गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर एकमा रास्वपाले ३४ हजार ६९१ मत प्राप्त गर्दा नेकपा (एमाले)ले २४ हजार ६ मत, नेपाली काँग्रेसले १६ हजार ६९५, राप्रपाले ५ हजार ८२, (माओवादी केन्द्र)ले ४ हजार ९६५ र नेकपा एसले ३ हजार ५१८ मत प्राप्त गरेको छ ।

रवि लामिछाने निर्वाचित भएको निर्वाचन क्षेत्र नम्बर २ मा उनकै पाटी रास्वपाले सबैभन्दा बढी ३५ हजार ९४५, एमालेले १६ हजार ७८४, काँग्रेसले १२ हजार १३२, माओवादी केन्द्रले ८ हजार ४०७, राप्रपाले ३ हजार २१८, नेकपा एसले ६१६ मत मात्रै प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर