काठमाडौंका ६ निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपाको मत सबैभन्दा धेरै (मतसहित) – Nepal Press

काठमाडौंका ६ निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपाको मत सबैभन्दा धेरै (मतसहित)

प्रदीप पौडेल र कृष्णगोपाल श्रेष्ठले जितेको क्षेत्रमा पनि रास्वपाको मत बढी

काठमाडौं । भर्खरै मात्र दल दर्ता गरेर निर्वाचनमा सहभागि भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै मत प्राप्त गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार रास्वपाले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २, ५, ६, ७, ८ र ९ मा सबै दल भन्दा बढी मत ल्याएको हो ।

काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको उक्त पार्टीले समानुपातिकतर्फ भने ६ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको हो । प्रत्यक्षतर्फ क्षेत्र नम्बर २, ६, ७ र ८ मा निर्वाचित भए पनि निर्वाचन क्षेत्र नम्बर ५ र ९ मा उसले सबैभन्दा बढी मत प्राप्त गरेको हो । क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ जित हासिल गरे पनि समानुपातिकतर्फ भने रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

त्यो बाहेक क्षेत्र नम्बर १, ३, ४ र १० मा भने नेपाली काग्रेसले सबैभन्दा बढी मत ल्याएको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले भने कुनै पनि क्षेत्रमा सबैभन्दा बढी मत ल्याउन सकेन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर