भीम रावलको प्रश्न : बालेनले अमेरिकी राजदूतसँग परराष्ट्रको अनुमतिमा भेटेको हो ? – Nepal Press

भीम रावलको प्रश्न : बालेनले अमेरिकी राजदूतसँग परराष्ट्रको अनुमतिमा भेटेको हो ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तामा प्रश्न उठाएका छन् ।

उनले राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? जानकारी गराउन माग गरेका छन् ।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ?’ उनले प्रश्न गर्दै ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट गरियोस्। संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

बिहिबार बालेन र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर