ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य – Nepal Press

ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

काठमाडौं । ज्ञानेन्द्र मल्लको अर्धशतकीय इनिङमा नेपालले नामिबियालाई आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशिय शृङखलाको पहिलो खेलमा १८८ रनको लक्ष्य दिएको छ ।

यूनईटेड क्रिकेट क्लब मैदान, विनडकमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल एक बल बाँकी रहँदा अलआउट हुँदै १ सय ९७ रनकोे योगफल तयार गर्यो ।

ओपनर अर्जुन साउद १८ रन र आसिफ शेख २० रनमा आउट भएको अवस्थामा तेस्रो नम्बरमा क्रिजमा आएका ज्ञानेन्द्र मल्ले नेपालका लागि सर्वाधिक ७५ रनको इनिङ खेले । उनले ९४ बलमा ७ चौका र दुई छक्का प्रहार गरे । ज्ञानेन्द्र नेपालबाट एकदिवसीय क्रिकेटमा ६ अर्धसतक बनाउने पहिलो खेलाडी बनका छन् ।

आरिफ शेख २३ रनमा पभेलियन फर्कँदा कप्तान रोहित पौडेलले १० रन मात्रै बनाए । दिपेन्द्रसिंह ऐरी डकआउट भएका थिए । कुशल भुर्तेलले १३ रन योगदान गर्दा तल्लो क्रमका ब्याटर गुलशन झाले १८ रन, सोमपाल कामी १० रनयोगदान गरे ।

नामिबियाको बलिङमा तानगेनी लुङ्गामिनीले सर्वाधिक ३ विकेट लिए । यस्तै, कार्ल बिरकेनस्टकले दुई विकेट लिँदा जेजे स्मिथ, बरनार्द स्कोल्ट्ज र जेरार्ड एरस्मसले समान एक विकेट लिए ।

नामिबियामा नेपालले चार खेलको शृङखला खेल्नेछ । दोस्रो खेल नेपालले आईतबार स्कटल्यान्डस्सँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *