दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि, गौरीशंकर र शैलुङबाट कसले कति मत पाए ? – Nepal Press

दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि, गौरीशंकर र शैलुङबाट कसले कति मत पाए ?

काठमाडौं । दोलखाका दुवै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधि सभामा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ ।

प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मतका साथ अग्रता लिइरहँदा एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मतले पछ्याइरहेका छन् ।

प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को गौरीशंकर गाउँपालिका गणना सकिँदा गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेले ४२४२ मतसहित अग्रता लिएका छन् भने एमालेका नरबहादुर श्रेष्ठले २९८३ मत पाएका छन् । अब मेलुङ गाउँपालिका गणना भइरहेको छ । सो क्षेत्रमा जिरी नगरपालिकासहित, तामाकोशी र बैत्यश्वर गाउँपालिको गणना भएको छैन ।

क्षेत्र नम्बर २ मा गठबन्धनमा उम्मेदवार बर्मा लामाले ४९३४ मतले अग्रता लिएका छन् भने एमालेका भरत केसीको ४४२ मत छ । शैलुङ गाउँपालिको गणना सकिँदा यो नतिजा आएको हो ।

गठबन्धनले गौरीशंकरका जुगुका २ बुथ र शैलुङको भुसाफेदा बुथमा मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर