अदालती विवाह गरेकी रिस्ता श्रीमानलाई व्वाइफ्रेन्ड भनेर चिनाउँदै – Nepal Press

अदालती विवाह गरेकी रिस्ता श्रीमानलाई व्वाइफ्रेन्ड भनेर चिनाउँदै

काठमाडौं । आजबाट नयाँ नेपाली चलचित्र ‘पासो’ सिनेमा घरहरुमा रिलिज हुँदैछ, जसमा दुई नायिकाले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरु हुन्– रिस्ता बस्नेत र सुनिशा बजगाईं ।

आज सो चलचित्रको प्रेस शो गरिएको थियो । नवविवाहित सुनिशाले आफ्नो पहिलो चलचित्र (नायिकाको रुपमा) को प्रिमियरमा श्रीमान राज आचार्य (तितोसत्यका पूर्वबालकलाकार) लाई लिएर आइन् । अर्की नायिका रिस्ता पनि एक पुरुषसँग आइन् । ती पुरुषलाई उनले मिडियासँग आफ्नो ‘व्वाइफ्रेन्ड’ भनेर चिनाइन् ।

यी पुरुष हुन् अजयसिंह ठकुरी, जो धेरै कार्यक्रममा रिस्तासँग देखिन्छन् । रिस्ताले सँधै उनलाई व्वाइफ्रेन्ड नै भनेर चिनाउँछिन् । तर, यथार्थमा अजय र रिस्ता श्रीमान-श्रीमती हुन् । पारिवारिक स्रोतका अनुसार केही समय अगाडि उनीहरुको कोर्ट म्यारिज भइसकेको छ ।

विवाह गरेर सँगै बस्न थाले पनि रिस्ता र अजय किन श्रीमान–श्रीमतीको रुपमा खुल्न नचाहेका हुन् त ?

खासमा रिस्ताकी आमा विपना बस्नेतले उनीहरुको विवाहलाई मान्यता दिएकी छैनन् । विवाहको विषयमा आमाछोरीबीच सहमति नभएको स्रोतको भनाइ छ । आमा विपनाले परम्परागत तवरले धुमधामसँग छोरीको विवाह गर्न चाहेकी छन् । सम्भवत केही दिनमै उनीहरुको परम्परागत विवाह हुने छ ।

रिस्ताकी आमा विपना पनि चर्चित कलाकार हुन् । उनी केही समयअघि हास्य टेलिश्रृंखला ‘तितो सत्य’ मा हिसिला यमीको भूमिकामा अभिनय गर्थिन् । उनले अरु थुप्रै टेलिचित्र र चलचित्रमा काम गरिसकेकी छन् । विपनाका श्रीमान दिपक क्षेत्रीको भने २०७६ सालमा निधन भएको थियो ।

दिपक विपनाका दोस्रो श्रीमान थिए । रिस्ता भने उनको पहिलो श्रीमानतर्फकी छोरी हुन् । रिस्ताले आफ्नो थर अधिकारी (बस्नेत) लेख्ने गर्छिन् । अधिकारी उनका बुबाको थर हो । विपनाले आफ्ना दुई छोराछोरी हुर्काउन निकै संघर्ष गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर