दोलखा अपडेट- प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धन उम्मेदवारको अग्रता – Nepal Press

दोलखा अपडेट- प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धन उम्मेदवारको अग्रता

चरिकोट । ९ वटा भन्दाबढी बुथ कब्जाको आरोप लागेको दोलखाको प्रदेश सभा क्षेत्र नम्बर १ मा गौरीशंकर गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता कुन्दनराज काफ्लेले १२ सय भन्दा बढी मतले अग्रता लिएका छन् ।

काफ्लेले गौरीशंकरका ९ वटा वडाबाट ४ हजार २४२ मत पाउँदा एमालेका नरबहादुर श्रेष्ठले २ हजार ९८३ मत पाएका छन् ।

गौरीशंकरपछि अब मेलुङ गाउँपालिकाको गणना शुरु भएको छ । मेलुङ एमाले उम्मेदवार नरबहादुर श्रेष्ठको गाउँपालिका हो । उनी यसअघि सोही गाउँपालिकाको अध्यक्ष थिए । सो क्षेत्रमा गौरीशंकर, मेलुङ, तामाकोशी र वैत्यश्वर गाउँपालिका पर्छन् । बैत्यश्वरका ३ र तामाकोशीको एउटा बुथमा पुनः मतदान भएको थियो ।

त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार बर्मा लामाले अग्रता लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर