धनगढीमा तनाव : विद्यार्थीसहित २१ जना पक्राउ, ३७ राउन्ड अश्रुग्यास प्रहार – Nepal Press

धनगढीमा तनाव : विद्यार्थीसहित २१ जना पक्राउ, ३७ राउन्ड अश्रुग्यास प्रहार

कैलाली । बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउँदको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले जारी राखेका छन् ।

विद्यार्थीको आन्दोलनका कारण आज दिनभरी धनगढी तनावग्रस्त रह्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३७ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आन्दोलनमा सहभागी विद्यार्थी र अन्य गरी २१ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ देखी धनगढीका बिभिन्न क्षेत्रमा अर्काे सूचना जारी नभएको सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाको अवधिका आन्दोलन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो । यता विद्यार्थी र अभिभावकहरूले भने प्रहरीले विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर