बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन- ग्राहको पहिचान नभए खाता नखोल्नू – Nepal Press

बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन- ग्राहको पहिचान नभए खाता नखोल्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई ग्राहकको पहिचान हुन नसकेको अवस्थामा त्यस्ता ग्राहकको खाता नखोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले ग्राहकको पहिचान हुन नसकेमा त्यस्तो ग्राहकसँग व्यवसायिक सम्बन्ध स्थापित नगर्न भनेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशनका केही बुँदामा संसोधन गरेको छ ।

संशोधित निर्देशनमा भनिएको छ, प्रचलित कानून बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधानहरू पालना हुन नसक्ने व्यक्तिको हकमा खाता
नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ ।

यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्नेछ ।

यता बैंक तथा वित्तीय संस्थाको सञ्चालक, सिइओ तथा कर्मचारीका लागि छुट्टै आचारसंहिता बनाएर लागु गर्न पनि केन्द्रीय बैंकले भनेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट मात्रै शङ्कास्पद कारोबार सम्बन्धी गतिविधि पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर