नामिबियाविरूद्ध टस हारेर ब्याटिङमा नेपाल – Nepal Press

नामिबियाविरूद्ध टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

युनाइटेड मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालले करण केसीलाई बेन्चमा राख्दै दुई स्पिनरलाई मैदान उतारेको छ । स्कटल्यान्ड सम्मिलित शृङ्खलामा नेपालले दोस्रो खेल शनिवार स्कटल्यान्डसँग खेल्नेछ ।

लिग २ मा नेपाल २० खेलमा १७ अंक सहित छैटौँ स्थानमा रहेको छ । नामिबिया २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल९कप्तान०, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, सोमपाल कामी, गुल्सन झा र ललित नारायण राजबंशी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर