अबको सरकारले नागरिकता समस्या समाधान नगरे एमालेले देशभर आन्दोलन गर्छ : रघुवीर (भिडिओ) – Nepal Press

अबको सरकारले नागरिकता समस्या समाधान नगरे एमालेले देशभर आन्दोलन गर्छ : रघुवीर (भिडिओ)

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा धनुषा ४ बाट नवनिर्वाचित सांसद रघुवीर महासेठले अब बन्ने सरकार तीन महिनाभित्र नागरिकता समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गरेर नवनिर्वाचित सांसद महासेठले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘जन्मसिद्धका सन्तानले अविलम्व नागरिकता पाउनुपर्छ । अब बन्ने सरकार निर्णय गरेन भने एमालेको नेतृत्वमा देशभर आन्दोलन गर्छौं ।’

‘एमाले नेतृत्वको सरकारले नागरिकता समस्या समाधान गर्न पहिले विधेयक ल्याएको थियो, ‘उनले भने, ‘तर विपक्षीले विधेयक पास गर्न दिएन । त्यो विधेयकमा पनि जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने कुरा समेटिएको थियो । पछि अध्यादेश ल्याउदा कांग्रेसकै वकिलहरू मुद्दा गरेर रोके ।’

नागरिकताबाट करिब ६/७ लाख नेपाली नागरिकताबाट वञ्चित रहेको र उनीहरू पढ्न तथा जागिर गर्न नपाएको सांसद महासेठले बताए । उनले अब एमाले नागरिकता दिनेबारे निर्णय नगरेसम्म आन्दोलन गर्छ- उनले थपे ।

रघुवीर जन्मसिद्धलाई नागरिकता दिने पक्षमा उभिएका छन् । भारतीय बुहारीलाई तत्कालै नागरिकता दिन नहुने बताउँछन् ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर