असली हिमालीको ‘अल इन वान वास’ बजारमा – Nepal Press

असली हिमालीको ‘अल इन वान वास’ बजारमा

काठमाडौं । हिमालयन नेचुरल कम्पनी अलसी हिमालीले हिमाली अल इन वान वास उत्पादन बजारमा ल्याएको छ ।

कम्पनीले नेपालको प्राकृतिक जडिबुटी तथा बनस्पतिबाट उत्पादन भएको विश्वको पहिलो प्राकृतिक र सबैभन्दा किफायती अल इन वान वास बिहीबारदेखि बजारमा ल्याएको हो ।

एउटै अल इन वान वासले जिउ नुहाउने साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने कम्पनीले जनाएको छ । यो खर्चका हिसावले पनि एकदमै सस्तो मानिएको छ । असली हिमालीको उक्त उत्पादन मूल्य ७९ रुपैयाँमा पाइने छ ।

असली हिमालीले रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाईएको उत्पादन साबुन, स्याम्पू, कण्सिनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास आम उपभोक्ताको लागि ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीको कृषि उत्पादन प्रयोग गरिएको मुस्ली, इनर्जी बार, नेचूरल भाईटामीन – सी कयान्डि र अरु खाद्य उत्पादन मध्येः चिया, मह, हुम्ली नुन, बेसार, मसला मिश्रण, सुकेको मुस्ताङ स्याउ र खुरपानी आदि आम उपभोक्ता बीच लोकप्रिय बन्दै आएको छ ।

असली हिमालीको बडि केयर र खाद्य उत्पादन साकाहारी र जनावरमा परिक्षण नगरीएको उत्पादन हो । असली हिमालीको खाद्य उत्पादन नेपाल सरकारको खाद्य प्राविधि तथा गुण नियन्त्रण र बडि केयरका अवयवहरु अमेरिका को रजिस्ट्रार कर्पोरेसनबाट पनि नियन्त्रण भएको छ ।

असली हिमालीका उत्पादन काठमाडौँमा साथिमार्टको स्टोरहरु (मैतिदेबी, सानेपा, बालकुमरि, टोखा) लगायत लाजिम्पाट, ठमेल, बानेश्वर, पोखरा, जनकपुर, दाङका स्टोरहरुमा पाउन सकिन्छ । साथै दराज, ग्यापु मार्केट प्लेस, स्मार्टडोको र सस्तोडिल जस्ता अनलाइनमार्ट मार्फत खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर