इतिहासले सम्झिनेछ, देउवा कालमा कांग्रेस पहिलो दल – Nepal Press

इतिहासले सम्झिनेछ, देउवा कालमा कांग्रेस पहिलो दल

खुम्चिएको कांग्रेस फेरि फैलिँदै

मंसिर ४ गते सम्पन्न प्रतितिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्य र ११० समानुपातिक सदस्यका लागि भएको संघीय निर्वाचनको मतपरिणाम लगभग अन्तिम चरणमा छ । प्रदेशसभातर्फ पनि चुनावी नतिजा आउँदैछ । एकाध जिल्लाबाहेक अहिलेसम्मको मतपरिणामअनुसार कुनै पनि दलको बहुमत पुगेन । नेपाली कांग्रेससहित पाँच दलीय सत्ता गठबन्धन भने बहुमत नजिक पुगेको छ ।

उता एमाले नेतृत्वको गठबन्धन भने निकै कमजोर सावित भएको छ । पाँच दलीय सत्ता गठबन्धनका पक्षमा देखिएको परिणामले जनताले अहिलेकै सत्ता समीकरणकै निरन्तरता खोजेको प्रस्ट हुन्छ । अर्काे अर्थमा भन्ने हो भने जनताले सत्ता गठबन्धनलाई अनुमोदन गरेका छन् । निर्वाचन परिणामले भने राजनीतिक दलमात्रै नभई राजनीतिक विश्लेषकहरुकै भविष्यवाणीलाई गलत सावित गर्दै नयाँ पार्टीको उदय गराएको छ । दलहरुप्रतिको असन्तुष्टिको उपज राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्रीका रुपमा देउवा

धेरै अगाडिको कुरा होइन । अघिल्लो चुनावमा नेकपा एमाले र नेकपा माओवादीले पार्टी एकता गर्ने लक्ष्यसहित वाम तालमेल गरे र ‘स्थायित्व’को नाममा भोट मागे । लामो समयसम्म अस्थिर सरकारहरु देखेका जनताले त्यो स्थिर सरकारको नारालाई अनुमोदन गरे । तर, केही समयमै पार्टीभित्रको द्वन्द्व र केपी शर्मा ओलीको चरम महत्वाकांक्षाले देशमा संकट निम्त्यायो । ओलीले सत्तामा आफ्नो नेतृत्व टिकाइराख्न दुई–दुई पटक संसद भंग गरे र देशको व्यवस्थाकै खिल्ली उडाए ।

जब देउवाको नेतृत्वमा सरकार बन्यो, उहाँका अगाडि दुई वटा प्रमुख जिम्मेवारी थिए । देशको संविधान र राजनीतिप्रति आमनागरिकको विश्वास जगाउने र कोभिड १९ महामारीविरुद्ध जनतालाई खोपको पूर्ण मात्रा उपलब्ध गराउने ।

चरम राजनैतिक र सवैधानिक संकटका बीच देशलाई एक पटक पुनः ट्र्याकमा लिएर आउन तत्कालस्न प्रतिपक्षी दल नेपाली कांग्रेसको आवश्यकता देखियो । निकास दिन पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा) निर्माण भयो र फलस्वरूप देशले एकपटक फेरि लय लियो ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हाल्दा देशको राजनैतिक संकटमात्र होइन, संसारभर कोभिड १९ को महामारी थियो । स्वास्थ्य संकटको साथसाथै आर्थिक संकटको पनि जोखिम बढेको थियो । पछिल्लो सरकारले कोभिड १९ महामारीप्रति देखाएको गैरजिम्मेवारीपूर्ण व्यवहार र पूर्वप्रधानमन्त्री केपी ओलीको हल्का र उरण्ठेउला अभिव्यक्तिले देश अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको थियो । जब देउवाको नेतृत्वमा सरकार बन्यो, उहाँका अगाडि दुई वटा प्रमुख जिम्मेवारी थिए । देशको संविधान र राजनीतिप्रति आमनागरिकको विश्वास जगाउने र कोभिड १९ महामारीविरुद्ध जनतालाई खोपको पूर्ण मात्रा उपलब्ध गराउने ।

संसदमा विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री देउवाले संघीय संसदको रोस्टमबाट प्रतिबद्धता जनाए, ‘अब जनता लाई ‘खोप, खोप र खोप’ । उनले खोपलाई पहिलो प्राथमिकता दिए । जसको परिणाम प्रधानमन्त्री देउवाले सरकार सम्हालेको एक वर्षभित्रै सबै जनतालाई खोप दिलाउन सफल भए । यो लेख लेखिरहँदा पनि चीनमा एक पटक फेरि कोभिडको समस्या देखापरेको छ । सरकारले लकडाउन गरेपछि चिनियाँ जनता विरोधमा उत्रिएका छन् । आजको दिन नेपालमा कोभिडको जोखिम लगभग न्यून छ ।

एकातिर राजनैतिक संकटको बादल मडारिएको र अर्काेतर्फ कम्युनिष्ट पार्टीहरु फेरि मिल्दा आफूहरु फेरि पराजय हुने हो कि भन्ने त्रासका बीच देउवाले गठबन्धन मजबुत बनाएर चुनावमा होमिने कठिन राजनीतिक निर्णय लिए । पार्टीभित्र एक समूहको चर्काे विरोधका बावजुद देउवा सबैलाई मिलाएर लान सफल भए र अन्ततः नेपाली कांग्रेसलाई स्थानीय तहको चुनावमा पहिलो दल बनाए ।

त्यसैगरी अहिलेको सरकारले केपी ओलीको दुई-दुई पटकको संसद विघटनको असंवैधानिक कदमले निम्त्याएको राजनैतिक संकट पार लगाई देशमा एक पटक फेरि समयमै नियमित निर्वाचन गरेर जनतामाझ आशा जगाएको छ । करिब ४-५ महिना अगाडि मात्र काठमाडांैका केही मिडियामा ‘नेपालमा अब श्रीलंकाको जस्तो आर्थिक संकट आउनेछ’ भनेर लेख र विश्लेषणहरु आए । विश्वभर आर्थिक मन्दी छाएको वेला त्यसको बाछिटा नेपालमा नपर्ने कुरै भएन । तर, सरकारले आयात नियन्त्रणमा लिएको केही कडा निर्णयको फलस्वरुप आज हामी एकचोटि फेरि विदेशी मुद्रा सञ्चितीलाई कन्ट्रोल गर्न सफल भएका छौं ।

अब एकछिन निर्वाचनका प्रसंगहरु केलाऔं । पाँच वर्ष अगाडि कम्युनिष्ट पार्टीहरुको एकताका कारण नेपाली कांग्रेसले चुनावमा निराशाजनक नतिजा प्राप्त ग¥यो । कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति देउवा पुनः निर्वाचित भए र पार्टीलाई एक पटक फेरि देशको सबैभन्दा ठूलो पार्टी बनाउने अठोट लिए । एकातिर राजनैतिक संकटको बादल मडारिएको र अर्काेतर्फ कम्युनिष्ट पार्टीहरु फेरि मिल्दा आफूहरु फेरि पराजय हुने हो कि भन्ने त्रासका बीच देउवाले गठबन्धन मजबुत बनाएर चुनावमा होमिने कठिन राजनीतिक निर्णय लिए । पार्टीभित्र एक समूहको चर्काे विरोधका बावजुद देउवा सबैलाई मिलाएर लान सफल भए र अन्ततः नेपाली कांग्रेसलाई स्थानीय तहको चुनावमा पहिलो दल बनाए ।

अब आउने सरकारको नेतृत्वका लागि पनि स्वाभाविक रुपमा देउवा नै अग्रसर हुन आवश्यक छ आफूलाई फेरि एकपटक साबित गर्न । जनताको मतको कदर गर्दै देशको अभिभावकत्व ग्रहण गर्ने परिस्थिति देउवाका अगाडि आएको छ ।

गठबन्धनले सन्तोषजनक नतिजा निकाल्दा गठबन्धनमा आवद्ध दलहरुले संघीय र प्रादेशिक निर्वाचनमा पनि सहयात्रा कायम राखे । चुनावको पूर्ण नतिजा आउन बाँकी हुँदा पनि अहिलेको परिस्थिति हेर्दा नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ र नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनलाई बहुमत दिएर जनताले पनि निर्वाचनबाट अनुमोदन गरिसकेका छन् । गठबन्धनका पक्षमा २/३ सीट नपुग्दा पनि अबको सरकार पनि गठबन्धनकै नेतृत्वमा बन्ने सम्भावना प्रवल छ ।

संविधानको जेगर्ना र विकासका लागि गठबन्धनको विकल्प जनताले नखोजेको प्रस्ट थाहा हुन्छ । एमाले अघिल्लो निर्वाचनबाट प्राप्त परिणामभन्दा आधा सीटमा खुम्चिएको छ भने कांग्रेस प्रत्यक्षतर्फ दोब्बर सीट जित्न सफल भएको छ । चुनावी परिणाममा गठबन्धनले अपेक्षाकृत सीट हासिल नगरे पनि बहुमत नजिक पुग्नुले जनताले अहिले यही सरकारकै निरन्तरता खोजेको सन्देश दिएको छ । समग्र रूपमा देउवाले देशको संविधान जोगाउँदै जटिल राजनीतिक परिस्थितिलाई पार लगाउँदै स्थानीय तह, प्रदेशसभा हुँदै प्रतिनिधिसभाको निर्वाचन गराएका छन् ।

देउवा नेतृत्वको सरकारले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै स्थिरता र स्थायित्व सुनिश्चित गरेको छ । फलस्वरुप जनताले पनि उहाँको नेतृत्वको सरकारलाई नै मोटामोटी रुपमा पुनः एकपटक परीक्षाको कसीमा राख्न तयार भएका छन् । तसर्थ अब आउने सरकारको नेतृत्वका लागि पनि स्वाभाविक रुपमा देउवा नै अग्रसर हुन आवश्यक छ आफूलाई फेरि एकपटक साबित गर्न । जनताको मतको कदर गर्दै देशको अभिभावकत्व ग्रहण गर्ने परिस्थिति देउवाका अगाडि आएको छ ।


प्रतिक्रिया

3 thoughts on “इतिहासले सम्झिनेछ, देउवा कालमा कांग्रेस पहिलो दल

  1. इतिहासमै असक्षम भनेर सबैले चिनेकाको यसरी वयान गर्दा सबै जनताको जिज्ञासा छ दाइको प्रभावमा कति परेको हो ? दाइको विटोले राम्रै काम गरेछ कि क्या हो ?

  2. The beauty of democratic exercise of the people or a free/independent power of an individual should never be undermined!

Leave a Reply

Your email address will not be published. Required fields are marked *