बेलायती राजदूतले गरे लुम्बिनी भ्रमण – Nepal Press

बेलायती राजदूतले गरे लुम्बिनी भ्रमण

रुपन्देही । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले बिहीबार लुम्बिनी भ्रमण गरेका छन् ।

लुम्बिनी भ्रमणमा आएका राजदूत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्यसहितको टोलीले स्वागत गरेको थियो ।

सो अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर, शान्तिदीपको अवलोकन गर्नुका साथै बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्नेबारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए ।

विश्वका बौद्ध भिक्षुणीहरुलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोँच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताए ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतले विकास कोषका योजना र प्रगतिका विषयमा जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर