सुदूरपश्चिममा प्रधानमन्त्री, दुई मन्त्री र सात पूर्व मन्त्री विजयी हुँदा सात पूर्व मन्त्री पराजित – Nepal Press

सुदूरपश्चिममा प्रधानमन्त्री, दुई मन्त्री र सात पूर्व मन्त्री विजयी हुँदा सात पूर्व मन्त्री पराजित

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रतिनिधिसभा तर्फको १६ निर्वाचन क्षेत्र मध्ये १५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।

बाजुरामा विवादका कारण बिहीबारदेखि मात्र मतगणना सुरु भएकाे छ। बाजुरा बाहेक कैलालीका ५, कञ्चनपुरका ३, अछामका २ र डडेल्धुरा, बैतडी, डोटी, बझाङ, दार्चुलाको नतिजा अनुसार प्रतिनिधि सभामा कांग्रेसले ७, नेकपा एकीकृत समाजवादीले र नागरिक उन्मुक्ति पार्टीले समान ३/३ र नेकपा एमालेले २ क्षेत्रमा जित हात पार्.यो ।

सुदूरपश्चिममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य दुई बहालवाला मन्त्री र १५ जना पूर्व मन्त्री चुनावी मैदानमा थिए । ती मध्ये प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा डडेल्धुराबाट प्रतिनिधि सभाको निर्वाचित भए ।

बहालवाला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछाम १ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू दार्चुलाबाट निर्वाचित भए ।

यस पटक निर्वाचन जित्नेमा पूर्व मन्त्री वीर बहादुर बलायर, दामोदर भण्डारी, भानुभक्त जोशी, प्रेम आले, एनपी साउँद, रमेश लेखक र तारा लामा तामाङ हुन् । तामाङ अघिल्लो पटक प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री थिए भने अन्य सबै संघीय मन्त्री भइसकेकाहरूले यस पटक निर्वाचन जितेका हुन् ।

त्यस्तै सुदूरपश्चिमबाट सात जना पूर्व मन्त्रीहरू यस पटकको प्रतिनिधि सभामा पराजित भए । यसरी पराजित हुनेमा पूर्व मन्त्री गणेश ठगुन्ना, लेखराज भट्ट, नारद मुनी राना, राम जनम चौधरी, विना मगर, गौरीशङ्कर चौधरी र झपट बोहरा छन्। बोहरा अघिल्लो पटक प्रदेशको मन्त्री थिए भने अन्य सबै संघीय मन्त्री हुन् ।

जहाँ मन्त्रीसँग मन्त्री हारे

सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये केही क्षेत्रमा मन्त्री विरुद्ध मन्त्री उम्मेदवार थिए ।

यहाँका चार क्षेत्रमा एक मन्त्रीले अर्को मन्त्रीलाई पराजित गरेका हुन् । दार्चुलाका बहालवाला मन्त्री दिलेन्द्र बडूले पूर्व मन्त्री गणेश ठगुन्नालाई पराजित गरे ।

यता कैलाली ४ का पूर्व मन्त्रीहरू लेखराज भट्टलाई पूर्व मन्त्री वीरबहादुर बलायरले पराजित गरे । अछाम– १ का बहालवाला मन्त्री शेरबहादुर कुँवरले पूर्व मन्त्री झपट बोहरालाई पराजित गर्दा कञ्चनपुर–१ मा पूर्व संघीय मन्त्री बिना मगरलाई र पूर्व प्रदेशका मन्त्री तारा लामा तामाङले हराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर