गृहमन्त्री खाणसँग पनि गरे सिके राउतले भेटवार्ता – Nepal Press

गृहमन्त्री खाणसँग पनि गरे सिके राउतले भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्षले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेटवार्ता गरेका छन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको राउतले गृहमन्त्री खाणलाई पनि भेटेका हुन् ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।
गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिए ।

दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थीरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे छलफल भएको बताइएको छ । आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको छ ।

राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने गृहमन्त्री खाणले भेटका क्रममा बताए ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री खाणसँग पनि गरे सिके राउतले भेटवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर