पुनः मतदान भएको दोलखामा आजै राति ९ बजेबाट मतगणना हुँदै – Nepal Press

पुनः मतदान भएको दोलखामा आजै राति ९ बजेबाट मतगणना हुँदै

काठमाडौं । दोलखाका चार निर्वाचन क्षेत्रमा भएको पुनः मतदानको मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ ।

केहीबेर अघि सकिएको मतदानपछि बसेको सर्वदलीय बैठकले मतगणना आजैदेखि गर्ने निर्णय गरेको हो । गत मंसिर ४ गते सत्ता गठबन्धनले बुथ कब्जा गरेपछि मतदान स्थगित भएको थियो । बिहीबार भएको पुनः मतदानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । मतदानमा करिब ५० प्रतिशत मत खसेको छ । जुन मंसिर ४ गतेको भन्दा एक हजार ३२२ ले कमी हो ।

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका-६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका-३ जफे हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदानसुरू भएको छ ।मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो । मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *