विश्वकपमा महिला रेफ्रि हुनु कतारका महिलालाई सकारात्मक सन्देस हो : फ्रापार्ट – Nepal Press

विश्वकपमा महिला रेफ्रि हुनु कतारका महिलालाई सकारात्मक सन्देस हो : फ्रापार्ट

काठमाडौं । पुरुष विश्वकपमा महिला रेफ्रि हुनुले कतारमा महिला अधिकारका लागि सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्ने स्टेफानी फ्रापार्टले बताएकी छन् ।

३८ वर्षीय फ्रेन्च महिला फ्रापार्ट आज राति हुने समूह चरण अन्तर्गत कोस्टारिका र जर्मनीबीचको खेल सञ्चालन गर्दै पुरुष विश्वकपमा पहिलो महिला रेफ्रि बन्ने छन् ।

फ्रापाट असिलाई साथ दिन असिस्टेन्ट रेफ्रिहरु ब्राजिलकी न्युजा ब्याक र म्याक्सिकोकी कारेन डाइज मेदिना अल बायट रंगशालामा महिला रेफ्रको टिम मैदान उत्रिनेछ ।

फापार्ट पुरुष विश्वकपका लागि इतिहासमा पहिलो पटक छनोट भएका तीन महिला रेफ्रि मध्य उत्कृष्ट एक हुन् ।

‘हामीलाई थाहा छ महिलाका लागि केहि अप्ठ्यारो अवस्था छ । तर, म यो विश्वकपले उनीहरुलाई केहि सहयोग गर्छ । मलाई कतारमा सँधै स्वागत गरिएको छ । त्यसैले समस्या केहि छैन । म कतार जान डराएको पनि छैन तर मलाई आशा छ यो विश्वकपले कतारलाई भविष्यमा मद्दत गरोस,’।

‘खाडी मुलुक जहाँ कडा मुस्लिम नियम मानिन्छ त्यहा केहि कुरामा समानता हुँदैन मलाई यो विश्वकपले केहि परिवर्तन होस भन्ने आसा छ’, फापार्टले थपिन ।

फ्रापार्ट सन् २०२० मा पुरुष च्याम्पियनन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् ।

‘मैदानमा हुने दबाब हामीलाई थाहा छ । तर, मलाई के लाग्छ भने हामी आफूलाई परिवर्तन गर्दैनौँ बाहिरी कुरा सुन्दैनौ र मैदानमै केन्द्रित हुन्छौँ’, फ्रापार्टले बीबीसीलाई भनिन् ।

कतार विश्वकपका लागि छनोट भएका ३६ अफिसियल मध्य फ्रापार्ट, र्वान्दाकी सलिमा मुकान्साङ्गा र जापानकी योसिमी यामासिता महिला रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर