मन्त्री चौधरीको दाबी : प्रधानमन्त्री देउवा नै, राष्ट्रपति माओवादीले र सभामुख हामीले पाउँछौँ – Nepal Press

मन्त्री चौधरीको दाबी : प्रधानमन्त्री देउवा नै, राष्ट्रपति माओवादीले र सभामुख हामीले पाउँछौँ

काठमाडौं । शहरी विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आगामी सरकारको नेतृत्व पनि कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गठबन्धन नेतृत्वकै सरकार बन्ने दाबी गरेका हुन् ।

उनले भने, ‘गठबन्धनकै सरकार निर्माणको बिषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । अब पाँच बर्ष गठबन्धनकै सरकार बन्छ त्यसमा कन्फ्युजन हुनुपर्ने केही कुरा छैन ।’

उनले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना नभएकोे स्पष्ट पारे । उनले कांग्रेस गठबन्धनको ठूलो दल दल भएकाले उसले प्रधानमन्त्रीको दाबी गर्ने भएकाले देउवानै दोहोरिने उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्री कांग्रेसबाट देउवाजी नै हुनुहुन्छ । अब माओवादीले राष्ट्रपतिमा र हामी सभामुखमा दाबी गर्नसक्छौँ । त्यही हुन्छ पनि होला ।’


प्रतिक्रिया

One thought on “मन्त्री चौधरीको दाबी : प्रधानमन्त्री देउवा नै, राष्ट्रपति माओवादीले र सभामुख हामीले पाउँछौँ

  1. काँग्रेसका पुच्छरहरू १ २ थान मन्त्री खान पाउँदा दङ्ग छन् । अब भारतको सेवा गरेर वस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर