अबको प्रधानमन्त्री निर्विकल्प देउवाजी नै हो, दायाँबायाँ कुराको अर्थ छैन : उपसभापति खड्का – Nepal Press

अबको प्रधानमन्त्री निर्विकल्प देउवाजी नै हो, दायाँबायाँ कुराको अर्थ छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको नै हुने दाबी गरेका छन् ।

बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले देउवा नै अगाडि आएपछि धेरै दायाँ बायाँ कुरा गर्न आवश्यक नभएको तर्क गरे ।

उनले भने, ‘नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन र हामी निर्वाचनमा होमिएका छौँ । अहिलेको परिस्थितीमा सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि अरुले धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन ।’

कांग्रेसभित्रको एकता र सरकार गठन गर्दा सबै खालको मिलेको प्रभावकारी सरकार बनाउनुपर्ने बताए । मुलुक र संसदलाई प्रभावकारी बनाएर जानुपर्ने कांग्रेसको मुल दायित्व भएको जिकिर गरे ।


प्रतिक्रिया

One thought on “अबको प्रधानमन्त्री निर्विकल्प देउवाजी नै हो, दायाँबायाँ कुराको अर्थ छैन : उपसभापति खड्का

  1. किनकी देउवाजि हुँदा मेरो चुरीफुरी बढछ भनन । नत्र त पटक पटक असक्षम भनेर प्रमाणितलाई फेरि प्रधानमन्त्री किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर