५५ वर्ष लगाएर सञ्चित गरेको विदेशी मुद्रा एक वर्षमै सकियो : गभर्नर अधिकारी – Nepal Press

५५ वर्ष लगाएर सञ्चित गरेको विदेशी मुद्रा एक वर्षमै सकियो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै साढे २ खर्ब भन्दा बढी विदेशी मुद्रासञ्चिती नेपालले गुमाएको बताएका छन् । उनले ५५ वर्ष लगाएर बचत गरेको विदेशी मुद्रा सञ्चिती एक वर्षमै गुमाएको एक कार्यक्रममा बताए । उनले भने, ‘अढाइ खर्ब बनाउन ५५ वर्ष लागेको थियो तर सकिन एकै वर्षमा सकियो ।’

यद्यपि पछिल्लो तिन महिनामा झण्डै १ खर्ब सुधार भएको उनले बताए । उनले चालुपूँजी कर्जामा छलफल गर्न आफु तयार रहेको समेत बताए । चालुपूँजी कर्जा धेरै छलफल पछि ल्याएको र जेका लागि लिएको ऋण हो सोही काममा प्रयोग होस भन्ने केन्द्रिय बैंकको मनसाय भएकाले चालुपुँजी कर्जा मार्गदर्शन जारी गरिएको बताए ।

अर्कोतर्फ बजारको ब्याजदर तोक्नुपर्छ भन्ने सबैको सुझाव हो भने त्यसमा चाहि गहन छलफल जरुरी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर