मेसीसँग भनेर १०० युरो बाजी हारेको पोल्यान्डका गोलकिपरको खुलासा – Nepal Press

मेसीसँग भनेर १०० युरो बाजी हारेको पोल्यान्डका गोलकिपरको खुलासा

काठमाडौं । पोल्यान्डका गोलकिपर वोजसेइच सिज्जेन्सीले अर्जेज्टिनाका फरवार्ड लियोनेल मेसीसँग १०० युरो बाजी हारेको खुलासा गरेका छन् ।

वुधबार राती नाइन सेभेन फोर रंगाशालामा सम्पन्न खेलको ३७ औं मिनेटमा सिज्जेन्सीले मेसीलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, पेनाल्टी हो कि हैन भन्ने पक्का गर्न भीएआर हेर्न रेफ्री मैदान बाहिर गएका बेला सेज्जेन्सीले मेसीसँग पेनाल्टी हुँदैन भनेर बाजी राखेको बताए ।

तर, भिएआर हेरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । खेलको ३९औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गरेको प्रहार सेज्जेन्सीले उत्कृष्ट बचाउ गरेका थिए ।

‘हामीले पेनाल्टी अघि कुरा गरेका थियौं । मैले मेसीलाई सय युरो बाजी राखौं रेफ्रीले पेनाल्टि दिँदैनन् भनेको थिए, त्यसैले मैले मेसीसँग हारे,’ उनले भने ।

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग २–० गोलको नतिजमा पराजित भएपनि पोल्यान्ड मेक्सिकोलाई गोल अन्तरमा पछि पार्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

अर्जेन्टिना समूह‘सी’ को विजेताको रुपमा र पोल्यान्ड उपविजेताको रुपमा अन्तिम १६ प्रवेश गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *