एमाले सहमतिमा आएपछि बाजुरामा मतगणना सुरू गर्ने तयारी – Nepal Press

एमाले सहमतिमा आएपछि बाजुरामा मतगणना सुरू गर्ने तयारी

कैलाली । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले मतगणनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।

दिउँसो साढे ३ बजे बैठक बसेर गणना थाल्न लागिएको हो । एमालेले यहाँ पुन: मतदानको माग गरेको थियो । आयोगले पुन: मतदान नगरी गणना सुचारू गर्न निर्देशन दिएपछि आजबाट यहाँ गणनाको तयारी गरिएको हो ।

आज बिहान एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको थियो । मंसिर ४ गते विद्यार्थी नेता चेतन ऎडीका हत्यारा पक्राउ गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका एमाले कार्यकर्ताहरुलाई रिहाई गर्ने तयारी भएपछि गणना सुरू गर्न सहमति जनाएको एमाले जिल्ला सचिव भरत थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर