कांग्रेसले नैतिकताको आधारमा पनि पहिला प्रचण्डलाई प्रधानमन्त्री छाड्नुपर्छ : सरल सहयात्री – Nepal Press

कांग्रेसले नैतिकताको आधारमा पनि पहिला प्रचण्डलाई प्रधानमन्त्री छाड्नुपर्छ : सरल सहयात्री

काठमाडौं । माओवादी केन्द्र वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले कांग्रेसले माओवादीको नेतृत्व स्वीकार गर्नुपर्ने बताएका छन् ।

निर्वाचनपछि सरकार गठनको विषयमा गठबन्धनमा पावर शेयरिङको गृहकार्य भइरहेका बेला उनले प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक-वाम गठबन्धन चुनावपछिको मात्रै गठबन्धन नभएर गत २०७४ को चुनावमा प्रत्यक्षतर्फ २३ सीटमात्रै जित्न सफल नेपाली कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरी लोकतन्त्रलाई बचाउने अभियानको एक हिस्सासमेत हो ।’

यसअघि प्रत्यक्षतर्फ २३ सीटमात्रै जितेको कांग्रेसलाई माओवादीले नेतृत्वमा पुर्‍याएको उल्लेख गर्दै कांग्रेसले नैतिकता देखाउनुपर्ने उनको भनाइ छ ।

‘यस पटक विनाविवाद नेपाली कांग्रेसले पहिलो प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) लाई स्वीकार गर्नु यस अभियानलाई मजबुत पार्नुको साथै उसको नैतिक राजनीतिक दायित्वसमेत बन्दछ’, उनले भनेका छन्।

प्रचण्डसँगै सिन्धुपाल्चाकको सुकुटेमा बुधबार बसेका सरलले माओवादीले नेतृत्व कांग्रेसले स्वीकार गर्नुपर्छ भन्ने अभिव्यक्तिलाई अर्थपूर्णरूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर