ग्रेडरको ठक्करबाट साइकलमा स्कुल गइरहेकी छात्राको मृत्युपछि धनगढी तनावग्रस्त (भिडिओ)

२०७९ मंसिर १५ गते १२:०६

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेको बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले नेपाल प्रेसलाई बताए ।
धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।
अहिले सडक बन्द गरेर विद्यार्थीले प्रदर्शन थालेका छन् । विद्यार्थीको विरोधपछि धनगढी तनावग्रस्त छ ।




प्रतिक्रिया
सम्बन्धित खवर