अहिलेको जनादेशले संसद पाँच वर्ष टिक्दैन: विष्णु पौडेल – Nepal Press

अहिलेको जनादेशले संसद पाँच वर्ष टिक्दैन: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यसपटकको जनादेशले राजनीतिक अस्थिरता बढ्ने दाबी गरेका छन्।

आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यही परिस्थितीमा सरकार बनेपछि पाँच वर्षसम्म संसद चल्नेमा आफूलाई शंका भएको बताए।

उनले भने, ‘यसपटकको जनादेश जुन रुपमा प्रकट भएको छ। यसबाट स्थिर सरकार बन्दैन भन्ने स्पष्ट छ। यसले अस्थितालाई नै निरन्तरता दिने देखिएको छ। यो मुलुकको लागि दुभाग्र्यपूर्ण कुरा हो। हामी कुनै एउटा पार्टीले बहुमत ल्यावस् भन्ने चाहन्थौँ। तर, त्यसो नभएपछि राजनीतिक स्थिरताको आशा गर्ने ठाउँ छैन। यही अवस्थामा पनि सरकार बनेर पाँच बर्ष संसदको कार्यकाल पुरा गरोस्। तर, लक्ष्यण देखिएको छैन।’

देश बनाउन सक्षम नेतृत्व र राजनीतिक स्थिरता हुनुपर्ने बताए। ‘देश आफैं बन्दैन र आफैं बिग्रीदैन। त्यसका लागि नीति र नेतृत्व निर्णायक हुन्छ। सही नेतृत्वले मात्रै देश बनाउन सक्ने भएकाले त्यसमा सबैले आत्मसाथ गर्न सक्नुपर्छ’ उनको भनाइ छ।

कुनै पनि सरकारको कार्यकालमा मुलुकको अर्थतन्त्रले कस्तो उलपब्धि हासिल गर्यो भनेर तथ्यगत अध्ययन गर्नुपर्नेमा जोड दिए।
आर्थिक क्षेत्रको संकट अहिलेको जस्तो कहिल्यै नभएको उनले दाबी गरे। अर्थतन्त्र संकटमा पर्नको कारण क हो भन्ने पहिचान गरेर सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर