दोलखाको पुन: मतदान- बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन (लाइभ) – Nepal Press

दोलखाको पुन: मतदान- बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन (लाइभ)

लखा । दोलखामा बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान केन्द्रमा बाक्लो सुरक्षा घेरामा पुन: मतदान सुरू भएको छ ।

मतदान केन्द्र वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालित छन् । भोट खसाउन आएका मतदातालाई प्रहरीले उच्च निगरानीमा राखेका छन् ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । यहाँ ८ हजार ५१४ कुल मतदाता छन् ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क, ख र गमा पुनः मतदान हुँदैछ ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ भने बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।

निर्वाचन आयोगको स्थलगत भ्रमण र अध्ययनपछि वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको सिफारिससहित आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष प्रतिवेदन पेस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर